सिरहामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु ,,पाँच घाईते



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा परी लहान नगरपालिका १३ घर भएका २१ वर्षीय सन्तोष कुमार यादव र सिरहाकै धनगढी नगरपालिका १२ का २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व(पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ चोहर्वा चोकनजिकै स १ त ६५६० नम्बरको डिजे साउण्ड सिस्टम बोकेको सो ट्याक्टरमा १३ जना यात्रा गरिरहेका थिए । सडकमा गुडिरहेको ट्याक्टरको अगाडी बाख्राले एक्कासी बाटो काटेपछी जोगाउन खोज्दा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको गोलबजार प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button