महिनावारी हुँदा घरको बाटो हिंडेको भन्दै महिलामाथि कुटपिट



मेरो प्रदेश सम्वाददाता
कञ्चनपुर
कञ्चनपुर बेल्डाँडी गाउँपालिका १ कि ३१ बर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि कुटपिट भएको छ । महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिँडेको भन्दै
स्थानीय दलबहादुर शाहले शुक्रबार उनिहरुलाई कुटपिट गरेका हुन् ।
घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ।
कुटपिट गर्ने ३६ वर्षिय दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button