उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो बर्दिवास महोत्सव हुँदै



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
बर्दिवास नगरलाई व्यापारिक केन्द्रको रुपमा थप बिकासगर्ने उद्देश्यले महोत्तरीको बर्दिवासमा बर्दिवास उद्योग वाणिज्य संघले यस बर्षपनी महोत्सवको आयोजना गर्ने भएको छ ।
तेस्रो बर्दिवास महोत्सव नाम गरीएको महोत्सव यही माघ २६ गत्ते देखि फागुन ६ गतेसम्म आयोजना हुने भएको हो ।
महोत्सबमा जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बर्दिवास उद्योग बाणिज्य संघका सह सचिब सुदिप कार्कीले बताए । महोत्सवमा बर्दिवास क्षेत्रमा उत्पादन हुँदै आएका कृषि उपज ,तरकारी र मसलाको प्रदर्शनी गर्ने संघको तयारी छ । महोत्सवमा २ सय ब्यपारीक स्टल रहने छ । महोत्सब करीब २ लाख मानिसले अवलोकन गर्न सक्ने छन ।
महोत्सवमा बर्दिवास नगर क्षेत्रका माईस्थानको परबल, बिजलपुरा र पशुपतिनगरको हरियो तरकारी र हाथिलेट क्षेत्रमा उत्पादित उखुको सख्खर लगायतका स्थानिय उत्पादनलाई प्रदर्शनिमा बिशेष स्थान दिईने छ । महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।
मेला तयारीकालागी करिब ७० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button