लुटपाट गरिरहेकै समयमा प्रहरीले समात्यो लुटेरा



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको कविलासी नगरपालिका–५, रनियाबाट प्रहरीले लुटपाट गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही बसबरिया गाउँपालिका–४, धनगढा गुनर्वाका १९ वर्षीय रोहितकुमार साह रहेका छन् । रोहितले बुधबार राती करिब १० बजे हरिपुर नगरपालिका–७, पचगछियामा लागेको माघी मेला भरेर घर फर्किदै गरेका एक जनालाई रनिया गाउँमा नियन्त्रणमा लिई लुटपाट गरेकोे समयमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।
सो लुटपाटमा संलग्न अन्य पाँच जना भाग्न सफल भएको र उनीहरुको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट लुटेराहरुले प्रयोग गरेको बीआर ३० भी ८३०७ र बीआर ३० यू ०७५९ नम्वरको दुई वटा मोटरसाइकल बरामद भएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button