समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा नेपाली दाजुभाइको मृत्यु



पोर्चुगलमा दुई नेपालीको समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन्।


पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुद्री छालले बगाउँदा बेपत्ता भएका थिए। नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए। दुवै शवको अन्त्यष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button