स्कुल बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुईजनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
ढल्केबर जनकपुर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा मंगलबार दिउँसो स्कुल बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका ९ पर्सापकियाका २५ वर्षीय सन्तोस ठाकुर र सोही स्थानका २५ वर्षीय अनवर राई रहेका छन्।
ढल्केबरबाट जनकपुरतर्फ गइरहेको मोडेल मल्टिपल कलेज जनकपुरको ज १ क २८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको हो।
ठक्कर दिने कलेजको बसमा स्थानीय आक्रोशित युवाहरुले आगगजनी गरेका छन्। आजगनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भईरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button