पत्रकार उमा सिंहको नाममा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरीने

मेरो प्रदेश सम्वाददाता
धनुषा
भिजिट मधेसद्वारा जनकपुरमा आयोजित एक कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले शहीद पत्रकार उमा सिंहको नाममा ५ लाख रुपैयाको अक्षय कोष स्थापनाको घोषणा गरेका छन्।
उनले ‘कर्मवीर योद्धा’ उमा सिंहको नाममा अक्षय कोष स्थापना गर्ने बताउँदै पत्रकारिता क्षेत्रमा न्याय र समानताका लागि स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउने पत्रकारलाई सम्मान भन्दै प्रमुख साहले अगामी वर्षदेखि विभिन्न संघसंस्थाको सहयोगमा न्याय र समानताका लागि कलम चलाउने पत्रकारको छनोट गरी सम्मानित गर्ने प्रस्ट पारे ।