प्रहरी हौं भनी नगद असुली गर्ने २ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
झापा
झापाको बाह्रदर्शी गाउँपालिका ३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले सोमबार दिउँसोे पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंञ्ज गाउँपालिका १ बस्ने २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका ३ बस्ने २० वर्षीय जीवन दास रहेका छन्। दास र महतो दुबैजनाले प्रदेश प्रहरी कार्यालय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ असुली गर्दैगर्दा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button