प्रदेश २ मा माघे संक्रान्तिका दिन सार्वजनिक बिदा



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ मन्त्री परिषद्को बिहीबार बसेको बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारले आगामी माघ १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
माघ १ गते बुधबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था लगायत शिक्षण संस्थाहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button