महोत्तरीमा ५ लाख लुटेर एकजना फरार



मेरोे प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शुक्रवार दिउँसो लुटपाट भएको छ । महोत्तरीको भंगहा नगरपालिका ६ मनपटी बाट फरवाड कम्युटी माईक्रो फाईनन्स बर्दिवासमा कनिस्ट सहायक पदमा कार्यरत सबिता कुमारी चौधरी लुटिएकी हुन । चौधरीले ७० जना बचत तथा ऋणीवाट शुक्रवार दिउँसो फईनान्सको कलेक्सनगरी ,को २८ प ६९ नम्वरको स्कुटर चढी बर्दिवासतर्फ आउदै थिईन बर्दिवास आउने क्रममा एक अपरीचित ब्यक्तीले स्कुटर रोक्न लगाएर पेस्तोल देखाई लुटपाट गरेको बर्दिवास प्रहरीले जनाएको छ । लुटेराले उनको साथवाट ५ लाख नगद, एकथान मोवाईलफोन र उनीचढी आउँदै गरेको स्कुटर, संस्थाको कागजपत्र भएको झोला लुटेर लगेको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button