हरसाहा विश्रामपुर सडक कालोपत्रे, भएपछी स्थानीय खुशी

मेरो प्रदेश सम्वाददाता
रौतहट
वर्षाैदेखि जीर्ण रहेको रौतहटको वृन्दावन नगरपालिकाले हरसाहा चोक विश्रामपुर सडक खण्ड स्तरोन्नतिसँगै कालोपत्रे भएपछी स्थानीय खुशी भएका छन् ।
वर्षाैदेखि कच्चि रहेको सो सडक क्षेत्रमा पहिले खाल्डाखुल्डी रहेकोे र वर्षायाममा हिलाम्मे हुँदा आवतजावतमा समेत कठिनाइ भैइरहेको थियो । कालोपत्रे गरिएको सडकको मध्यभागमा डिभाइडर राखिएको छ । सो कालोपत्रे दुबैतर्फ पाँच मिटरमा गरिएको छ ।
पहिले साँघुरो रहेको सो सडकखण्डलाई अहिले फराकिलो गरी स्तरउन्नती संगै कालोपत्रे गर्न नगरपालिकाले गत आर्थिक वर्षको योजनाअन्तर्गत उक्त सडकलाइ छनौट गरी कालोपत्रे गरेपछि आफूहरुलाई सहज आवागमन भएको स्थानीय शेख मजिदले बताए ।
वृन्दावन नगरपालिकाको १६ लाखको लागतमा विभिन्न ठाउँमा कल्र्भट निर्माण र ८७ लाखको लागतमा माटोपुरी ग्राभेल गर्ने तथा सांसद कोषको ५० लाखको लागतमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको वृन्दावन नगरपालिकाका योजना शाखा प्रमुख हरि दुलालले जानकारी दिए ।