चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले मागे २० करोड घुस

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसंग बी एण्ड सीलाई सम्बन्धन दिनको लागी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको आरोप दुर्गा प्रसाइले लगाएका छन्। प्रसाईंले बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने, नभए कलेजको सम्पत्ति राज्यले नै किन्नुपर्ने माग पनि गरे।उनले यति ठुलो रकम दिन नसक्ने भनेपछि उपाध्यक्ष गिरीले आफ्ना सम्धिका नाममा १० प्रतिशत सेयर हाल्दिन भनेको प्रसाइले बुधबार पत्रकार सम्मेलन गरी सार्बजनिक गरे । यही पुस १५ गते होटल द्वारिकामा भेटर उपाध्यक्ष गिरीले सो रकम माग गरेको उनको भनाइ छ। उनले घुस रकम मागिएको विषयमा नेकपाका नेताहरुलाई समेत जानकारी गराएको बताएका छन्।
यसैगरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईंको आरोपलाई अस्वीकार गर्दै त्यसबारे आफूलाई केही पनि थाहा नभएको बतार्ए उनले ‘जिम्मेवार व्यक्तिले हावाको भरमा बोल्नु हुँदैन, प्रमाणको आधारका बोल्नुपर्छ ।’ आफूले घुस मागेको प्रमाण पेश गर्न प्रसाइलाईं चुनौती दिए ।