जनकपुरमा मेयरले पत्रकार कुटाएकोप्रति महासंघको आपत्ति



मेरो प्रदेश सम्वाददाता
धनुषा
समाचार संकलन गर्न गएका पत्रकारमाथि मंगलवार गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघले आज एक प्रेस बिज्ञप्ती निकाल्दै सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासंघले ठहर गरेको छ। महासंघले घटनाको भत्र्सना गर्दै, सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न माग गरेको छ।
यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं २ ले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ। पत्रकारको ज्युज्यान र सुरक्षाको ग्यारेन्टी नहुने अवस्थासम्म सामूहिक रुपमै समाचार संकलनमा जानसमेत महासंघले पत्रकारहरुसँग आग्रह गरेको छ ।
जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी
विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मेयर साहसँग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button