गहनाको लोभमा सासुको हत्या



मेरो प्रदेश सम्वाददाता
गुल्मी
गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर गहनाको लोभमा सासुको हत्या गरेका छन । गुल्मीकाइस्मा गाउँपालिका–३ सिमपानी घर भएकी ७६ वर्षीया कौशीला विककी बुहारी देवी बिक र लक्ष्मी बिक मिलेर हत्या गरेका छन ।
पुस १७ गते गोठबाट गोरु फुकेको भन्दै उनीहरुले कौशीलालाई गोठमा लगेर दाउराले हानी बेहोस बनाउँदै नाक र कानमा लगाएका गहना लुटेको रहस्य खुलेको छ । बुहारीहरुले भने गोरुले हानेर सासु घाइते भएको भन्दै छिमेकीलाई खबर गरेका थिए गम्भिर घाईते भएकी कौशीलालाई उपचारका लागि गुल्मी अस्पताल भर्ना गरिएको थियोे । त्यहाँ उनको उपचार सम्भब नभएपछी बुटवलमा रहेको प्रादेशीक अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचारको क्रममा पुस १९ गते उनको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।


मृतकको टाउकोमा गहिरो चोट लागेका हुँदा उनको हत्या भएको प्रहरीलेको अनुसन्धानबाट पुष्टि भएको छ । देवीका श्रीमान विदेशिक रोजगारीमा छन् । उनी सासुसँग बस्दै आएकी थिइन् । हत्या गर्ने दुवै जनालाई  जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button