चितवनमा दुर्घटनामा परी एक जनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
चितवन
चितवनमा सोमवार राती भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । नाम थर नखुलेको अन्दाजी २९ वर्षका पुरुषले
रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकलमा चडेका युवकले ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परेका युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते
मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button