सप्तरीमा बेवारिसे लागू औषध सहित हतियार बरामद



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ मा बेवारिसे अवस्थमा राखिएको लागूऔषध र हतियार फेला परेको छ । सशस्त्र प्रहरी बल बेश क्याम्प गोबिन्दपुरका प्रहरी निरीक्षक नविन बुढाथोकीको कमाण्डमा खटिएको गस्ती टोलीले शनिबार बाँसको झ्याङमा प्लाष्टीकको झोलामा डाईलेक्स डि.सि.१०० एमेलकोे १५ पिस र कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने गोली २ राउण्ड पोका पारी बेवारिसे अवस्थमा फेला पारको सप्तरी प्रहरीले जनाएको छ ।


प्रहरीले फेला पारेको लागू औषध र हतियार सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकरी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button