सिरहामा मोबाइल चार्ज गर्ने बहानामा सामूहिक बलात्कार



रासस


सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका( निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ। मोबाइल फोन चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले बताए। घटनालगत्तै सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए। पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button