महोतरीमा खाल्टोमा डुवेर एक वालकको मृत्यु, एक गम्भिर घाईते



मेरो प्रदेश सम्वाददाता
महात्तरी
महोतरीमा खाल्टोमा डुवेर एक वालकको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका २ जुडिबेला माझिटोलका बिक्रम कुशवार माझीको ३ वर्षिय छोरा तितश कुशवर रहेका छन।
आईतबार साँझ कुशवर औरही नगरपालिका वडा ९ इनर्वामा संचालित डिएमडी इट्टाउद्योगमा सबैे परिवार कामगर्न गएका थिए परिवार काममा ब्यस्त भएपछी बालक खेल्ने क्रममा नजिकै रहेको पानी जमेको खाल्टोमा डुवी मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
सोही खाल्टोमा डुवी गम्भीर घाईते भएका अर्जुन कुशवरका २ बर्षिय छोरा अनिष कुशवरको जनकपुरस्थित रामजानकी हस्पिटलमा उपचार भैरहेको बताईएको छ ।


मृतकको शव परिक्षणका लागी जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button