चितुवाको आक्रमणबाट आँबुखैरेनीमा बालकको मृत्यु

मेरो प्रदेश सम्वाददाता
तनहु
आँबुखैरेनीमा आइतबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
म्ृात्यु हुनेमा
आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगर रहेका छन ।
बलक घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा चितुवाले आक्रमण गरेको थियो। बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ। बालक लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए।