गुठी संस्थानका तत्कालीन जनकपुर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते मोही बनाएर रकम भुक्तान गर्ने गुठी संस्थान कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध भ्र्रष्टाचार मुद्धा दर्ता गरेको छ । अख्तियारले पाण्डे र राजबाबुसहित गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य, तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, विचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र उनका छोरा सत्रुधन जयसवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।


अख्तियारले तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेलाई १९ लाख ३० हजार रुपैयाँ मोहीहरुलाई मुआब्जा रकम भुक्तान गरेवापत विचौलिया मार्फत घुस लिएको अनुसन्धानमा खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजलाई सोही बराबरको विगो दावीसहित विशेष अदालतमा मुद्धा दर्ता भएको छ ।

त्यस्तै गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले ६ लाख ५० हजार रुपैयाँ मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलिया मार्फत घुस लिएको प्रमाण फेला परेका भन्दै सोही विगो कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय मागदाबी गरेको छ ।

अख्तियारले प्रतिवादी गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाललाई ४ लाख ३० हजार विगो दावी सहित मुद्धा दर्ता गरेको छ । त्यस्तै बिचौलियाको काम गर्ने सुमनकान्त ठाकुरले मोहीबाट पटक–पटक गरी जम्मा ६३ लाख ३६ हजार ६ सय ६७ मोहीलाई मुअब्जा रकम भुक्तानी गराउन विचौलियाको भूमिकामा काम गरेको अभियोगमा उनलाई सोही बराबरको विगो कायम हुन र सो रकम जफत हुने गरी विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । त्यस्तै नक्कली मोही गायत्रीदेवी जयसवाललाई १२ लाख ८१ हजार ६ सय ६७ रुपैयाँ लिएको पाइएको थियो । त्यस्तै सोही रकम मध्येबाट ७ लाख ३५ हजार रुपैयाँ सुमनकान्त ठाकुरले मुअब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएवापत गुठी संस्थानको कर्मचारीलाई समेत दिन गरि लिएको अख्तियारको अनुसन्धानमा खुल्न आएको पाइएपछि विशेष अदालतमा मुद्धा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

गुठी संस्थान जनकपुर कार्यालयले १६ जेठ २०६९ मा गायत्रीदेवीलाई ७७ लाख १ हजार ६६७ रुपैयाँ र २७ असारमा सत्रुधनलाई १२ लाख ५० जार रुपैयाँ भुक्तानी गरेको थियो । सत्रुधनले लिएको १२ लाख ५० हजार रुपैयाँमध्ये ठाकुरले विचौलियाको भूमिका निर्वाह गरिदिएवापत ७ लाख ३५ हजार रुपैयाँ लिएका थिए । ठाकुरले लिएको रकम गुठीसंस्थानका कर्मचारीसम्म पुगेको अख्तियारले जनाएको छ । त्यस्तै गायत्रीदेवीले लिएको ७७ लाख १ हजार ६६७ रुपैयाँ मुआब्जामध्ये ठाकुरलाई कमिसनबापत ५६ लाख १ हजार ६६७ रुपैयाँ दिएकी थिइन् । जुन रकम कर्मचारीलाई पनि बाँडिएको थियो ।

अख्तियारले सुमनकान्त ठाकुरलाई ५६,०१,६६७। ( (छपन्न लाख एक हजार छ सय सतसठ्ठी) मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएबापत गुठी संस्थान शाखा कार्यालय जनकपुरका कर्मचारीहरु समेतलाई दिनेगरी घुस दिएको तथ्य स–प्रमाण पुष्टि हुन आएको भन्दै उनलाई सोही बराबरको विगो कामय हुने गरी मुद्धा दर्ता भएको छ ।

अपराध महाशाखाका निरिक्षक विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जयनेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । सेवाग्राहीको ४० हजार घुस लिएको अभियोगमा पक्राउ परेका उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर भएको हो ।

अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको एक मुद्धामा रकम लिएको आरोपमा उनी पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा टेकुका प्रहरी निरीक्षक थापाले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत ठगी मुद्धामा ठगी भएको रकम उठाइदिन वकिललाई दिनुपर्ने रकम हो भनी पीडितबाट रकम माग गरेको दावी आरोपपत्रमा गरिएको छ । थापालाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र विगो तथा जरिवाना गर्न अख्तियारले माग गरेको छ ।

साभार राजधानी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button