सोमवार राती देखी फेरि हिमपात र वर्षाको सम्भावना



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
उत्तरी क्षेत्रबाट हावा चलिरहेका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा चिसो बढेको छ । सोमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने भएकाले
सोमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि फेरि बदली हुने मौसमविद्हरुको भनाई छ । सोमबार राति यहि अवस्थाका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुन सक्ने सम्भावना छ ।
यस्तै पश्चिका केही ठाउँमा वर्षा समेतहुने सम्भावना रहेको छ । यसैगरी शुक्रबार र शनिबारको वर्षाका कारण अहिले देशभर चिसो बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button