खोटाङमा वडाअध्यक्षमाथि मुक्का हान्ने पक्राउ



मेरो प्रदेश सम्वाददाता
खोटाङ


लेनदेनको विषयमा विवाद भएपछी समाधानका लागि छलफल गराउने क्रममा आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँका वडाध्यक्ष भिमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात हातपात भएको छ ।
काका श्याम मंग्राती र भतिज अर्जुन मंग्रातीबीच लेनदेनको विषयमा विवाद हुँदा मिलाउनका लागि छलफल गराउने क्रममा अर्जुनले वडाध्यक्ष खत्रीलाई मुक्का हानेका छन ।
छलफल गराउने क्रममा जाँडरक्सी खाएर आएका अर्जुन मंग्रातीले हातपात गरेको वडाध्यक्ष खत्रीले बताएका छन । यसै क्रममा मंग्रातीले बडा कार्यालयका सहायक कर्मचारीलाई पनी छातीमा मुक्का हानेको खोटाङ प्रहरीले जनाएको छ ।

मुक्का हान्ने ३० वर्षीय मंग्रातीलाई पक्राउ गरी कारवाहीकालागी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक आमोदकुमार खेरबारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button