भक्तपुरमा बसले घरमै ठक्कर दिँदा एक जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
भक्तपुरमा बसले घरमै ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ६ का ३० वर्षीय हिमबहादुर तामाङ रहेका छन ।


दुवाकोट स्थित सडक छेउको आफ्नो अस्थायी घरमा बसिरहेका बेला बस घरमै ठोक्किन आउँदा गम्भिर घाईते भएका तामाङको तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सरस्वतीखेलबाट खड्काडिलतर्फ जाँदै गरेको बा १ ख ९०९० नम्बरको बस चाँगुनारायण नगरपालिका १ दुवाकोटमा सडक किनारमा रहेको तामाङको अस्थायी घरमा शुक्रबार बेलुका ठोक्किएको थियो ।
बसको उकालोमा ब्रेक फेल भएर घरमा ठोक्किन पुगेको बताइएको छ।
दुर्घटनामा चालक र यात्रु पनि सामान्य घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button