गुलियो उखुले जीवनमा तीतो स्वाद पाएका किसान काठमाडौं आएर चिसोले थप पिडा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
काठमाडौंको चिसोमा थरथर कापिरहेका उखु किसानलाई पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले ज्याकेट उपहार दिएका छन् । गुलियो उखुले तीतो स्वाद पाएका किसान काठमाडौं आएर चिसोले थप पिडा खेपिरहेका थिए । चिनी मिलले उखु उत्पादनको पैसा नदिएपछि एक हप्तादेखि काठमाडौंको चिसोमा आन्दोलन गरिरहेका उनीहरुको अवस्था शुक्रबार परेको पानी र बढेको चिसोले अझ दर्दनाक बनायो ।
उखु किसानको बिजोक देखेपछि बजगाईंले ठमेलबाट ज्याकेट किनेर माइतिघर पुगे । चिसोबाट जोगाउन ५० थान ज्याकेट किसानलाई बाडे बजगाईंले भने,’ उनीहरु काँप्दै गरेको देखे, कठिनाइको महसुस भइरहेको थियो । हिजोबाट काठमाडौंमा चिसो बढेको छ, झरी परेको छ । मैले मानवताको नाताले सहयोग गरेको हु । ५० जनालाई एकएक वटा डाउन ज्याकेट दिए।’
उखु मिलले पैसा नदिएको भन्दै गुनासो गर्न काठमाडौ आएका किसानलाई ऋण समेत लागेको छ । उनिहरुले एकसरो लगाएर आएको धोती पनी मैलो भइसकेको छ । सफा धोती फेर्ने समेत पैसा नभएपछि उनीहरु गाउँकै साथी भाइसँग मागेर काम चलाइरहेका छन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका बजगाईंले भने, ’तीन वर्षदेखि आफ्नो श्रमको मूल्य समेत नदिएको भन्दै गुनासो सुनाउन माइतीघर मण्डलमा धर्नामा बसेका छन । यो खुशीको विषय पक्कै होइन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button