रौतहटमा टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बृन्दावन नगरपालिका १ बलरी गाउका ३३ वर्षीय बिगल पटेल भन्ने राजकुमार पटेल रहेका छन ।
चन्द्रपुर नगरपालिका ८ सन्तपुर सुबलाल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर लागेपछि उपचारका लागि चन्द्रपुर हस्पिटल प्रा.लि.मा ल्याउने क्रममा उनको मृत्यु भएको हो। मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएका थिए। ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरि थप अनुसन्धान गरीरहेको छ भने मृतक पटेलको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाइएको बताईएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button