मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल सुरु



मध्य तराईका मिथिला क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ ।
माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरी लगायत मिथिलाका जिल्लाहरुमा केही दिन पहिले नै मनाउने तयारी हन थालेपछी जताततै ‘तिलासक्रायत’ को चहलपहल बढने क्रममा छ ।


यो पर्वमा तिल, मुरी र चिउरालाई (सख्खर मिलाएर बनाइएका लड्डु) खाने÷खुवाउने मैथिली परम्परा रहदै आएको छ । आदिवासी थारु, दनुवार, बाँतर र मुसहरको त यो खास पर्व नै भएको हुँदा यी जाति समुदाय केही साता पहिले नै ‘तिलासक्रायत’ का लागि सामानको जोहो गर्न लाग्छन् ।

“परव (पर्व) नजिक आई त हाल्यो हजुर, बस् अब १० र ११ दिन त हो”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको थरौटी बस्तीका करिब ७० वर्षीय सर्जुग खाँ थारुले पर्वका लागि ल्याइएको खसी देखाउँदै भने, “छोरीचेली÷ज्वाँइचेला, भाञ्जाभाञ्जी र नातिनातिना सबै बोलाइन्छन, सामानको जोहो त गर्नै प¥यो नि !”

मिथिलाका अन्य जाति समुदायमा यस पर्वका लागि साकाहारी परिकारकै चलन रहे पनि थारु, दनुवार, मुसहर र बाँतर समुदायमा भने आ–आफ्नो परम्पराअनुसार खसी, कुखुरा, हाँस र सुँगुरको मासु खाने÷खुवाउने परम्परा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button