सरकारी कार्यालयको कार्य सञ्चालनकै समयमा मदिरा पार्टी



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको एक स्थानीय तहको मातहतमा रहेको सरकारी कार्यालयमा कार्य सञ्चालनकै समयमा कर्मचारीले मदिरासहितको भव्य दिवा भोज गरेका छन् ।


धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर–७ मा रहेको तारापट्टी स्वास्थ्य चौकीमा कार्यालय समयमैै कर्मचारीले मदिरा–भोजगरेका छन । भोजे अंग्रेजी नयाँ बर्षको अवसर पारेर । मदिरा पार्टी भएको तस्बिर सहितको विवरण खुलेपछी
–पुस १६ गते बुधबार । अर्थात अंग्रेजी नयाँ बर्षको जनवरी १ तारिख २०२० । का दिन

हेल्थ असिस्टेन्ट प्रमोद साहले सामाजिक सञ्जालमा कार्यालयको समयमै आयोजित सो भोजको सम्बन्धमा सामूहिक तस्बिर राखेर लेखेका छन,‘इन्ज्वाय न्यू इयर २०२० एट एच.पि. तारापट्टी’ ।

स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट प्रमोद साह सेल्फी तस्विर खिच्न व्यस्त थिए भने कर्मचारी गफिदैं भोजमा मस्त थिए । त्यहाँ कार्यालयको खर्च रकम बचाएर यस्ता पार्टी बेलाबेलामा हुने गरेको श्रोतले बताएको छ । केही महिला कर्मचारीले रेडबुल खाएका थिए भने बाँकीले बियर र हार्ड ड्रिंक्स पिएका थिए ।

कार्यालयमा यस्ता मदिरा पार्टी नियमित हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले बताए । बजारको एक मदिरा पसलबाट कार्यालयमा नियमित मदिरा पुग्ने गरेको उनले खुलाए ।

यस सम्बन्धमा तारापट्टी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट प्रमोद साहसँग बुझ्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button