मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
मलद्वारमा आधा किलो सुन लुकाएर दुबईबाट काठमाडौं विमानस्थलमा ओर्लिएका भारतीय नागरिकलाई त्रिभुवन प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा महाराष्ट्र थानाका सुनिल हरिराम रहेका छन । मंगलबार बिहान साढे ८ बजे फ्लाइटर्मा दुबईबाट काठमाडौं ओर्लिएका थिए । विमानस्थलमा एक्से गर्ने क्रममा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर २५० ग्रामका डल्ला मलद्वारमा लुकाएर ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button