दोलखाका तत्कालिन प्र जि अ रिजाल अख्तियारको हिरासतमा

मेरो प्रदेश सम्वाददाता
दोलखा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाईे हिरासतमा लिएको छ।
तत्कालिन प्रजिअ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट मंरिस १८ गते २१ हजार घुस लिएको तथ्य सार्वजनिक भएपछि उनीमाथि दोलाखाबासीले कारबाहीको माग गर्दै आएका थिए। घटना सार्वजनिक भएपछि सीडीओ रिजालले मंसिर १९ गते बिहीबार सम्बन्धित पक्षलाई बोलाएर लिएको रकम फिर्ता गरेका थिए। रकम फिर्ता गरे पनि उनलाई कारबाही गर्नुपर्ने माग चर्किएपछि गृह मन्त्रालयले उनलाई मंसिर २० गते मन्त्रालय तानेको थियो। गृहमा तानिएका तत्कालीन प्रजिअ रिजामाथि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो। सोमबार उनलाई हिरासतमै लिएर अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ।
मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए ।
सार्वजनिक मुद्दा लागेका लामा र तामाङसँग प्रजिअ रिजालले एक लाख ११ हजार रकम लिए पनि १० हजारको मात्रै बिल दिएपछि घटना सार्वजनिक भएको हो।