लागूऔषध सहित दुई जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाको भगवानपुर गाउँपालिका ३ गैरसहाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले प्रतिबन्धित लागूऔषध कोरेक्ससहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखवानन्कारकट्टी ४ का २४ वर्षीय सन्तोषकुमार यादव र ३ का १८ वर्षीय जयप्रकाश यादव रहेका छन । प्रहरीले उनिहरुको साथवाट
आठ बोतल कोरेक्स र १६ थान स्पास्मो ट्याब्लेट बरामद गरेको छ ।
उनिहरु सीमावर्ती भारतीय बजार लौकाहाबाट प्रतिबन्धित लागू औषध सहित स.६ प २४९६ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ आउँदै थिए नेपाल आउने क्रममा प्रहरीको चेक जाँचमा परी पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई मोटरसाइकलसहित आइतबार लहानस्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button