नक्कली सुनसहित गोंगबुबाट दुई जना पक्राउ

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रहरीले गोंगबुबाट एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई छन् ।
प्रहरीले उनीहरुलाई गोंगबुको होटल तनहुँबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।
उनिहरुले ‘नक्कली सुन ४५ लाखमा बिक्री गर्न खोज्दा पक्राउ गरीएको बताईएको छ ।