तराईमा दुई दिन घाम लाग्ने, हुस्सु र कुहिरो चिसोे घटेपनी फेरी सशक्त भई हिमपात र वर्षा सुरु हुने

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
हुस्सु र कुहिरोका कारण केही दिनदेखि घामको मुखसमेत देख्न नपाएका तराईवासीले भने यो मौसमी प्रणालीबाट केही राहत पाउने भएका छन्।
मौसमविद् हरुका अनुसार न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुने भएकाले दुई दिन मंगलबार र बुधबार तराई क्षेत्रमा हुस्सु र कुहिरो हट्ने भएको हो।
‘आजै बिहानदेखि तराई क्षेत्रमा हुस्सु ह्वात्तै घटिसकेको छ ‘भोलि पनि तराईमा हुस्सुरकुहिरो खासै लाग्दैन, आज र भोलि तराईमा घाम लाग्ने देखिन्छ।’
यसले लगातार हुस्सुरकुहिरोको कारण चिसो बढेर कष्टकर जीवन बिताइरहेका तराईवासीलाई यो दुई दिन केही राहत हुने भएको छ ।
‘तर बुधबार साँझदेखि भने यो प्रणाली सशक्त भई हिमपात र वर्षा सुरु हुने भएकाले देशभर चिसो बढेसँगै फेरि तराईमा पनि जाडो बढ्ने सम्भाबना छ ।