चिसो बढेपछी धनुषाका विद्यालय एक सातालाई बन्द



मेरो प्रदेश सम्वाददाता
धनुषा
चिसो अत्याधिक बढेपछि सोमबारदेखि धनुषा जिल्लाका सम्पुर्ण विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।
केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले जिल्ला भरका विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ ।
अत्याधिक बढेको चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले जिल्लाका विद्यालयमा विदाको दिने घोषणा गरेको जिल्ला शिक्षा समन्वय ईकाइ धनुषाका प्रमुख बरखु प्रसाद रजकल जानकारी दिए ।
त्यसैगरी धनुषामा ष्प्याबसन र एन–प्याबसनले ३ दिनसम्म निजी विद्यालयहरुमा विदा दिएको छ । विद्यालयहरुले पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म बिदा दिने निर्णय गरेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button