आशा सिंह एआइजी बढुवाका लागी सिफारिस

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवा सिफारिसमा परेकी छिन्। प्रहरी अस्पतालमा रहेकी उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो। अस्पतालको मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा एआइजी पद रिक्त थियो
प्रहरीको रिक्त प्राविधिकतर्फको एआइजी पदमा वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह सिफारिसमा परेकी हुन्।