चोरी भएका मोटरसाइकल प्रहरीले बरामद गर्याे



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चोरी भएका पाँच वटा मोटरसाइकल बरामद गरेको छ।
प्रहरीले विशेष सूचनाका आधारमा मकवानपुरका विभिन्न ठाउँबाट प्रदेश नम्बर ३(०२(०३ प ८२०८ नम्बरको पल्सर बाइक, बा ८५ प ४४६५ नम्बरको निलो २२० सिसीको पल्सर , बा८५ प ५७२९ नम्बरको २२० सिसिको पल्सर,बा ९२ प ४९६१ नम्बरको २०० सिसिको एनएस पल्सर मोटरसाइकल बरामद गरेको हो । प्रहरीले बरामद गरेको मोटरसाइकल सम्बन्धित धनीहरूलाई लिन आउन समेत अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button