लेखा फाँटका कर्मचारी १५ हजार घुस सहित पक्राउ

मेरो प्रदेश सम्वाददाता
पर्सा
अख्तियार अनुसन्धान आयोगको टोलीले सोमबार दिउँसो बीरगञ्ज महानगरपालिकाका लेखा फाँटका कर्मचारी राकेश जयसवाललाइ १५ हजार घुस सहित पक्राउ गरेको छ ।
हेटौँडाबाट गएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीबारे थप अनुसन्धान भईरहेको बताईएको छ।