बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु



मेरो प्रदेश सम्वाददाता


रौतहटमा सोमबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका(२ जिगडवा, बेलबिछुवा घर भएका सोही महमद अलिकी ५ वर्षीया छोरी सिधरा खातुन रहेकी छन ।
उनलाई ना.३ ख १४२८ नम्बरको बसले ठक्कर दिएको थियो
बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको सुकदेव चोकस्थित शिवदर्शन हस्पिटलमा उपचारका लागी लगिएको थियो हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरीरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button