सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने ,होच्याउने गरे अब पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना



सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने ,होच्याउने जस्ता काम गरे अब पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । आइतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकबाट संसदीय समितिले विधेयक पारित गरेको हो ।


 

यो विधेयक बहुमतबाट टुंगो लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सजायको व्यवस्था हटाउनुपर्ने भन्दै लिखित असहमति जनाएको छ । मतदानको प्रक्रियाबाट कांग्रेसले राखेको प्रस्ताव अस्वीकृत भएको हो ।

 

यो विधेयक २०७५ फागुन १४ मा समितिमा पुगेको तर नेपाली कांग्रेसको असहमतिका कारण विधेयक पारित गर्न हुन सकेको थिएन विधेयकको दफा ९४ मा जातीय भेदभाव, अवहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा कुनै त्यस्ता सामाग्री राखे वा विज्ञापन गरे वा अन्य कुनै कार्य गरेमा यस ऐन विपरित भई पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको हुने व्यवस्था गरेको छ ।

 

यस विधेयकका सन्र्दभमा पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले विधेयकले इन्टरनेटको स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । उनका अनुसार कानुन लागू भएपछि सरकारलाई मन नपरेका व्यक्तिमाथि मुद्दा चलाउन सजिलो हुने भएकोले सडयन्त्रपूर्ण ढंगबाट सञ्चार माध्यममा यस्तो प्रतिबन्ध लगाएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button