कानुन  संशोधन र एकीकरण गर्न बनेको विधेयक समितिबाट पास



 


राज्य व्यवस्था तथा सुशासन समितिले कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मतले पास गरेको छ । समितिकाे  आइतबार बसेको बैठकले विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो ।

त्यसैगरी  लोकसेवाका कर्मचारी सरुवा गर्दा सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति  समेत भएको  छ । तर प्रमुख  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले त्यसमा असहमति जनाएका  छन् ।

आइबार भने यसबारे संवैधानिक आयोगका कर्मचारीहरुको सरुवासम्बन्धी व्यवस्था संघीय निजामती विधेयकमा राख्ने गरी  विधेयकबाट हटाइएको  हाे । आर्थिक स्वायत्तताको सवालमा पनि विविध शीर्षक अन्तर्गत आउने बजेटमा एक पटक कार्यविधि बनाएर अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था  संशाेधित विधेयकमा गरिएको छ ।

साभार सिआइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button