आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ बहुमत ल्याउने प्रचण्डको दाबी



नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाले आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभएको छ । सरकार र पार्टीको कामले आउने निर्वाचनमा एक्लै दुई तिहाइ बहुमतको सुनिश्चिता गर्नुपर्ने प्रचण्डले बताउनुभयो । ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ, त्यो प्रतिबद्धता हामीले व्यक्त गरेका छौँ।’ प्रचण्डले भन्नुभयो । चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा उहाँले जनतासँग नङमासुको सम्बन्ध बनाएर जनसेवाको काममा अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । मंसिर १४ गतेको उपनिर्वाचनबाट केही शिक्षा र केही उत्साह प्राप्त भएको पनि प्रचण्डले बताउनुभयो ।


साभार ः सिआइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button