धनुषामा अत्यधिक जाडो र शितलहरका कारण एक महिलाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा अत्यधिक जाडो र शितलहरका कारण एक महिलाको मृत्युभएको छ भने आगो ताप्ने क्रममा ९ जना घाइते भएका छन ।
मृत्यु हुनेमा जनकपुरधाम उप महानगरपालिका २३ बस्ने भोगी कापडको ४८ श्रीमति अनितादेवी कापड रहेकी छिन । उनको पुस ११ गते शुक्रवार आफनै घरमा चिसोको कारण मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।


पुस ४ गतेदेखि १३ गतेसम्म जाडोबाट बच्न आगो ताप्ने क्रममा ९ घाइते भएको धनुषा प्रहरीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । धनुषा प्रहरीका अनुसार घाइते हुनेहरुमा जनकपुरधाम उपमहानगरपालिका १८ की ४० वर्षिय रामकुमारी देवी ठाकुर, नगराईन नपा २ राघोपुरका दिलिप महराको ८ वर्षिय छोरा रकी महरा र गणेशमान चारनाथ नगरपालिका १ बिरेन्द्र बजार फुलबरियाका अबरजीत ठाकुरको १५ महिने छोरी अंकिता कुमारी ठाकुर लगायतका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button