सर्लाहीको वनमा पुरुषको शव फेला



रितिक अधिकारी
लालबन्दी
सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगञ्जमा रहेको एभरेष्ट सामुदायिक वनमा आइतबार बेवारिसे शव फेला परेको छ। वनको बीच भागमा अन्दाजी ३५ वर्षको जस्तो देखीने पुरुषको वेवारीसे शव कुहिएको अवस्थामा फेला परेको हो ।
मृतकको साथवाट भेटिएको मोवाइल र लगाएको कपडाको आधारमा परिचय खुलाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको र घटनावारे थप अनुसन्धान भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button