आगलागीमा परी कबाडी पसल जल्यो



मेरो प्रदे सम्वाददाता
काठमाडौ
ललितपुरको सानेपामा रहेको एक पसलमा गएराति ८ बजे आगलागी भएको छ ।
राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको सो कवाडी पसलमा आगलागीबाट सबै सामान जलेर नष्ट भएको छ ।
आगो अनियन्त्रित भई फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइ करिब १ घण्टापछि आगो नियन्त्रणमा लिईएको सानेपा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button