भाषा विकासका लागि एकजुट भई लाग्नुपर्नेमा जोड



धनविर महतो
गौशला
महोत्तरीको वर्दिवासमा मगही भाषाको कविता महासंग्राम कार्यक्रम सम्पन्न भएको छ । वर्दिवासमा रहेको जयमाँ पन्चधुरा होटलमा आयोजित एक कार्यक्रमकाबीच प्रदेशसभा सदस्य दिलीपकुमार साहको प्रमुख आतिथ्य एवम युवा संजालका महोत्तरीका उपाध्यक्ष सविता यादवको अध्यक्षतामा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा मगही भाषालाई विकसित गर्न घरघरका वालवालिकाहरुलाई यसै भाषाको माध्यमले प्रारम्भिक स्तरमा शिक्षा दिनुपर्नेमा जोड दिईएको छ । यो भाषा ऐच्छिक विषयको रुपमा भएपनि विद्यालयमा पठनपाठन भए भाषा विकासमा थप सहयोग पुग्न जोड दिईएको छ ।
४४ बर्ष शिक्षण पेशाको अवधिमा आफुले मगही भाषाको विकास हुन्छ भनेर कहिल्यै सोच्दै नसोचेको गौशाला ४ का वासुदेव महतोले बताएका छन । महतोले हरेकले घरमा आफना सन्तानलाई प्रारम्भिक शिक्षाको क्रममा अनौपचारिक रुपमा मगही भाषाको शिक्षा दिनुपर्नेमा जोड दिएकी छिन । २०७८ सालको जनगणना हुने समयमा सवैलाई भाषाको रुपमा मगही भाषा लेखि सहयोग गर्नका लागि विणा सिंहले सवैमा आग्रह गरेकी छिन । मगही भाषा विकासका लागि सवैले आ आफना स्थानबाट सहयोग गर्नुपर्नेमा मिथिला नगरपालिका जमुनिवासका तेजीलाल महतोले बताएका छन । त्यस्तै सुमित ठाकुरले मगही भाषालाई फूलको सुगन्ध झै संसारभरि नै छरिनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रमकाबीच विशिष्ट अतिथी नेकपाका सर्लाही जिल्ला सदस्य रामचन्द्र सिंह कुशवाहाले प्रदेश सरकारले यहाँका घरघरमा वोलिने मगही भाषालाई विकसित एवम प्रचारप्रसारका लागि अहम भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन । नेपालको संविधानमा भाषा सुचिकृत नगर्दा नाम उल्लेख नभएकोले अव मगही भाषालाई स्थान दिनका लागि सवै पक्षलाई भाषा विकासका लागि एकजुट हुनुपर्ने नेकपाका सर्लाही जिल्ला सदस्य रामचन्द्र सिंह कुशवाहाले बताएका छन । मगही भाषाको सर्वा्गिंक विकासका लागि प्रदेश नं. २ भरिमा वुलन्द आवाज उठाउनुपर्ने आवश्यक्तामाथि कुशवाहाले जोड दिएका छन ।

प्रमुख अतिथी प्रदेश सभा सदस्य दिलीप कुमार साहले प्रदेश नंं २ को सभामा मगही भाषालाई स्थापित गर्नका लागि विशेष रुपमा पहल गरिने धारणा राखेका छन । प्रदेश भरिमा सवैभन्दा वढि वोलिने यस भाषालाई व्यापक रुपमा प्रचारप्रसारका लागि अधिकतम रुपमा प्रयासरत रहने प्रतिवद्धता जनाएका छन ।

महोत्तरी युवा सन्जाल एवम रुपान्तरण नेपालको आयोजनामा सम्पन्न कार्यक्रमकावीच कविता वाचन गर्नेलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button