प्रहरीलाई घुस दिन खोज्ने महिला पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
प्रहरीलाई घुस दिन खोज्ने एक महिला पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नम्बर २ वस्ने ३५ वर्षिया अम्विया खातुन रहेकी छिन । खातुनले भन्सार छली बसमा लुकाई छिपाई राखेको कुर्ता सुरुवाल २३ पिस, थानको कपडा ७ पिस, साडी २५ पिस र सल २ पिस


सहजगरि दिन र कपडालाई छोडी दिन भनि प्रहरीलाई लोभ प्रलोभनमा पार्ने हिसावले २८ हजार घुस दिन खोज्दा उक्त पैसा र कपडा समेत बरामद गरी, घुस दिन खोज्ने अम्विया खातुनलाई प्रहरीले
नियन्त्रणमा लिइएको जनाएको छ ।
शुक्रवार बिहान बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ईलाका प्रहरी कार्यालय जितपुर अगाडी सडक खण्डमा प्रहरी नायवनिरीक्षक सागर शम्शेर जवराको कमाण्डमा खटेको टोलीले अम्विया खातुनलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button