झापामा छुरा प्रहार गरेर श्रीमतीको हत्या गर्ने पक्राउ



मेरो प्रदेश सम्वाददाता
झापा
झापामा आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ बस्ने ३२ वर्षीय शंकर मुर्मु रहेका छन्।
घरायसी विवादको कारण मुर्मुले आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई छुरा प्रहार गरी
गम्भीर घाइते बनाएका थिए । घाइते भएकी तारामई हेमरनको प्राथमिक स्वास्थ्य केन्द्र शिवगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकका श्रीमान शंकरलाइ ईलाका प्रहरी कार्यालय शिवगन्ज र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरील पक्राउ गरेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button