प्रहरी हवलदार घुससहित पक्राउ



मेरो प्रदेश सम्वाददाता
इटहरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ऊर्लाबारीमा कार्यरतप्रहरी हल्दार राजु श्रेष्ठलाइ सेवाग्राहीबाट ८ हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसधान आयोगले जनाएको छ । काठ फर्निचरको कारोबारमा सहजीकरण गरीदिने भनी श्रेष्ठले सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । दमक नगरपालिका वडा नं ४ ताराबारीस्थित काठ मिलमा सेवाग्राहीसँग घुस लिँदालिँदै श्रेष्ठलाई अख्तियारले नियन्त्रणमा लिइएको हो । इटहरीस्थित आयोगको कार्यालयमा राखेर उनलार्ई थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button