दुर्घटनामा तीन जनाको मृत्यु, पाँच घाइते



मेरो प्रदेश सम्वाददाता
मकवानपुर
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ । सुमोमा सवार पाँच जना यात्रु घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो दुर्घटना भएको हो ।
हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा सुमो अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।
दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको र उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button