नगरपालिकाको सुँगुर मार्ने अभियान प्रती डोम समाजको विरोध



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीको राजविराज नगरपालिकाले छाडा सुँगुर मार्न अभियानै चलाएको छ । छाडा चौपायाले सहरबासीलाई निकै दुःख दिएपछी नगरपालिकाले सडकमा देखिएका छाडा सुँगुर मारेर नगरपालिकालाई बुझाउने व्यक्तिलाई पुरस्कारको समेत व्यवस्था गरेको छ ।


छाडा सुँगुरको कारण शहर फोहोर देखिएकाले यस्तो अभियान चलाएको नगरपालिकाका मेयर सम्भुप्रसाद यादवले बताए ।
मेयर यादवले भने, पहिलो चरणमा सुँगुर मार्ने काम भइरहेको छ,’ ‘एक–दुई दिनमा स्थानीयले आठवटा सुँगुर मारेर नगरपालिकालाई बुझाएका छन् । उनीहरुलाई प्रति सुँगुर ५ सय रुपैयाँ पुरस्कार पनि दिइएको छ ।’
सुँगुर पाल्ने डोम समुदायलाई खोर बनाइदिने योजना नगरपालिकाले ल्याएको भए पनि उनीहरु माग गर्न नआएको मेयरले बताए । तर, यसको लागि के योजना छ भन्ने प्रश्नमा मेयरले बजेट भने छुट्याइ नसकिएको बताए ।

यसैगरी डोम उत्थान समाजले नगरपालिकाको नीतिको विरोध गरेको छ । समाजका अध्यक्ष सुतिलाल मरिकले गरिब डोमहरुको सुँगुर मारेर नगरपालिकाले अन्याय गरेको बताए । पशुपालनलाई व्यवस्थित गर्नुपर्नेमा नगरपालिकाले मार्ने नीति लिएकोमा उनको आपत्ति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button