किर्ते जन्म दर्ता बनाएको आरोपमा वडा सचिव पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा
सरकारी कागज किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका(४ र ५ का वडासचिव प्रभु पण्डित रहेका छन ।
पण्डितले जबरजस्ती करणी उद्योग कसुरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी र्पुयाउने नियतले अभियुक्तको किर्ते जन्म दर्ता बनाएको बारा प्रहरीले जनाएको छ । जबरजस्ती करणी उद्योग कसुर मुद्दामा जिल्ला अदालत बाराको आदेशले हाल पुर्पक्षका लागि वीरगंज कारागारमा थुनामा रहेका व्यक्तिको सचिबले किर्ते जन्मदर्ता बनाएको खुलेको छ । वीरगंज थुनामा रहेका पचरौता नगरपालिका(५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनी वडासचिव पण्डितले किर्ते कागज तयार गरेको प्रहरीको अनुसन्धानबाट खुलेकोछ । पण्डितको बिषयमा लिखतसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button